Thursday, August 3, 2017

कक्षा १२ विज्ञान विषयको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उतीर्ण

कक्षा १२ विज्ञान विषयको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उतीर्ण

राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को विज्ञान विषयको शुक्रबार परीक्षाफल प्रकाशित गरेको छ। सार्वजनिक भएको कक्षा १२ को विज्ञान विषयमा ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उर्तीण भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए।
यस्तै आंशिकमा ४३ दशमलव ६६ प्रतिशत उर्तिण भएका छन्।
बोर्डका अनुसार नियमिततर्फ ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका छन् ।
विज्ञान विषयमा ५० हजार परीक्षार्थी सहभागी थिए ।
१७ जना निष्कासित भएका छन् । त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४ सय ८९ मध्ये ४ हजार १ सय ३७ जना उर्तिण भएका छन्। आंशिकमा तीन जना निष्कासित भएका छन् ।

कक्षा १२ विज्ञान विषयको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उतीर्ण

कक्षा १२ विज्ञान विषयको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उतीर्ण राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को विज्ञान विष...